क्याप्टेन क्युरो मार्स बाट – Nepali

CAPTAIN KURO FROM MARS – NEPALI

विषय:   क्याप्टेन क्युरो मार्स बाट
लेखक:    निक ब्रोडहर्स्ट
व्याख्याता:   MD हसिब उजेरमान
संगीत:   सिक्स टिम
अनुवादक:   राम लामा

<<BUY HERE>>

 

Only $0.25, or about 26 NPR

The Captain Kuro From Mars picture book is available in forty languages, including English. Please view the other languages. Arabic, Bengali, Bulgarian, Burmese, Chinese, DanishDutch, Farsi, Finnish, French, German, Greek, Gujarati, Hindi, Hungarian, Indonesian, Italian, Japanese, Korean, LaoHungarian, MalaysianNepali, Norwegian, Polish, Portuguese,  PunjabiRomanian, Russian, Slavic (south), Spanish, Swahili, Swedish, Tagalog, Thai, Turkish, Ukrainian, Urdu and Vietnamese. Just click through to those pages.

oOo

 क्याप्टेन क्युरो मार्स बाट

क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो ।

उनको साथी जेरोन त्यहाँ थिईनन ।

क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन ।

———————-

एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन । उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन ।

———————-

क्युरोको उम्कने बाकस बादल तिर बाट आयो, र एक रुख मा अड्कियो ।

क्युरोले बाहिर चलिरहेका डरलाग्दा ठुला हरिया वस्तुहरुमा हेरिन । स्या स्या गर्दै उनले बिस्तारै धोका उघारिन ।

———————-

एक प्राणीले नराम्रो आवाज गर्यो र हावा मा हाम फराल्यो ।

त्यो कक्याटु हास्यो, “म फोबोन हुँ । यो मेरो रुख हो ।“

“के एक रुख तिम्रो घर हो ?” क्युरोले सोधिन ।

———————-

फोबोनले मुन्टो हल्लायो । “तिमी यहाँ बाट होइनउ, हो त ?”

“होइन ।” क्युरोले आकाशतिर देखाईन ।

फोबोनले माथि हेर्यो । “त्यो त एक लामो बाटो हो । तिमी अस्ट्रेलियामा छौ । तिमी कसरी कक्याटु बोल्न सक्छौ ?”

———————-

क्युरो हासिन । “म तिम्रो बिचारहरु सुन्छु, र म विचार द्वारा उत्तर दिन्छु । मार्समा, हामी यसलाई शान्त-कुराकानी भन्छौ ।

फोबोनले मुन्टो हल्लायो, र उडेर गयो ।

———————-

क्युरो भोको र त्रसित थिईन । पृथ्वी मार्स भन्दा भिन्न थियो ।

जब उनि हिडीन, उनले बाटो को छेउ म रुदै गरेको, एक सानो बालक देखिन ।

रुनु के हो क्युरोलाई थाहा थियो । उनि घर बाट पर थिईन, र धेरै साथीहरु गुमाईसकेकी थिईन ।

———————-

त्यस सानो बालकले उनीतिर हेर्यो ।

क्युरोले सोधिन, ”तिमी किन दुखि छौ ?”

उसले जवाफ दियो, “ मेरी दिदि बिरामी छिन् । डाक्टर भन्नुहुन्छ उहाँ मर्न सक्नुहुन्छ । हामीसंग अस्पतालको लागी पैसा छैन, त्यसैले म भागी हिडेको । अब आमा र बाबाले मलाई खुवाउनु पर्दैन, र पैसा जोगाउन सक्नुहुन्छ ।“

———————-

क्युरोले सोचिन, “म बुझ्छु, तर उहाहरुले तिमीलाई खोज्नलाई बडी पैसा खर्च गर्न सक्नुहुन्छ ।“

त्यस सानो बालकले मुन्टो हल्लायो, र रुन छोड्यो । “तिमीले कसरी बोल्न सिक्यौ ? तिमी विधालय गएको थियौ ?”

क्युरोले आफ्नो टाउको हल्लाईन । के पृथ्वीमा कसैले पनि शान्त-कुराकानी गर्न सक्दैनन ? “म मार्स बाट हुँ ।”

त्यस बालकले मुन्टो हल्लायो. “म हराएको छु ।“

———————-

क्युरोले माथितिर हेरिन र शान्त-कुराकानीमा फोबोनलाई बोलाईन ।

“फोबोन, यो … हो “ क्युरो फर्किईन ।

“जोन ।“

“फोबोन, जोन हराएको छ । तिमी मदत गर्न सक्छौ ?”

फोबोनले आवाज निकाल्यो । “उसले कक्याटु बोल्छ ?”

———————-

क्युरोले आफ्नो आँखा घुमाईन । “जोन, तिम्रो घर कस्तो देखिन्छ ?”

जब जोनले आफ्नो घर सोच्यो, क्युरोले फोबोन संग चित्रको शान्त-कुराकानी गरिन ।

फोबोनले उडदै भन्यो, “मलाई त्यो घर थाहा छ ।“

“उसलाई पछ्याउ, जोन,” क्युरोले भनिन ।

———————-

फोबोनले उक्त घर पत्ता लगायो, र जोनको आमाबाबाले आफुलाई हेरिरहनुभएको देख्न सक्दथ्यो । उसले उनीहरुलाई जोन र क्युरो आउदै छन् भन्न कोशिश गर्दै, आवाज निकाल्यो र पंखेटा हल्लायो ।

———————-

जोनको बाबा, हेनरीले आफ्नो बिरामी छोरीको निधार मुसार्नुभयो । उहाँ कैयौं दिन सुत्नुभएको थिएन । “३० जना मानिस अझै खोज्दै छन, प्रहरीलाई मद्दत गर्दै,” उहाँले भन्नुभयो ।

उहाँको श्रीमतीले त्यो चरा उडेर गएको र फेरी फर्केको हेरिरहनुभयो ।

———————-

अब, क्युरो र जोन ले थुप्रै पशुपंक्षि संगै फोबोनलाई देखे ।

जोनको आमाले पनि उनीहरुलाई देख्नुभयो, र झ्याल उघार्नुभयो । उनीहरुले बोल्न खोजे, तर उहाँले चिर-चिर आवाज मात्र सुन्नुभयो ।

———————-

उहाँले कंगारुहरु, एक वमव्याट पनि देखिन, र अन्त्यमा सानी क्युरो संग जोनलाई पनि देख्नुभयो ।

“हेनरी, उनीहरुले उसलाई भेटेकाछन !”

हेनरीले जोनलाई देख्नुभयो र बाहिर दौडिनुभयो ।

———————-

जोन त्यहाँ क्युरो, र त्यी पशुपंक्षि संग उभियो, र उसका आमाबाबा निकै खुसि थिए ।

उसको बुबा अलमल्ल हुनुहुन्थ्यो । “कसरी … ?”

जोनले भन्यो, “बुबा, यिनी क्याप्टेन क्युरो हुन, मार्स बाट, एमिलीको मद्दत को लागी आएकी ।“

———————-

क्युरो अघि हिडीन, “जोन, मैले तिम्री बहिनीको मद्दत गर्नै पर्छ ।“ क्युरोले शान्त-कुराकानी गरिन । “बाँकी सबैजना, कृपया बाहिर प्रतिक्षा गर्नुहोस ।“

जोनको आमाले भन्नुभयो, “ यो त बिरालोको जस्तो आवाज छ, यसले मद्दत गर्न सक्दैन ।“

जोनले शान्त-कुराकानीमा भन्यो, “उहाँले तिमीलाई विश्वाश गर्नुभएन ।”

———————-

क्युरो एमिलिको ओछ्यानमा गईन ।

जोनको आमाले क्युरोलाई रोक्न खोज्नुभयो, तर हेनरीले उनको काँधमा आफ्नो हात राख्नुभयो ।

उहाँले भन्नुभयो, “यो त केवल एउटा बिरालो हो । यसले कसरी मद्दत गर्न सक्छ ?”

———————-

उहाँको श्रीमानले उहाँलाई झ्यालतिर लानुभयो, र सबै पशुपंक्षिले हेरिरहेको हेर्नुभयो । उहाँले आफ्नो टाउको हल्लाउनुभयो । “मलाई थाहा छैन ।”

———————-

क्युरोले मसिनो आवाजका साथ, एमिलीको कुम छोएर, उनको छेउमा घुडा टेकिन ।

क्युरोले सोचिन, “तिमी मलाई सुन्न सक्छेउ ?”

एमिलीले मुन्टो हल्लाईन ।

“कहाँनिर दुख्छ ?”

एमिलीले सोचिन: यता तिर । क्युरो ले उनको पन्जा त्यहाँ राखिन ।

जोनले आफ्नो हात क्युरोको पन्जामाथि राख्यो ।

क्युरोले सोचिन, “मसंग शान्त-कुराकानी गर, जोन।”

झट्टै जोनले बिमारी झट्ट निको भैरहेको देख्न सक्दथ्यो ।

———————-

एमिलीले बिस्तारै आफ्नो आँखा खोलिन ।

जोन हास्यो । “क्याप्टेन क्युरो भन्नुहुन्छ उनि ठिक छिन ।”

जोनकी आमा हास्नुभयो, “हेनरी, यो त एक बिरालो मात्र हो त!”

———————-

भोलिपल्ट, जब डाक्टर आउनुभयो, उहाँले भन्नुभयो, “यिनी निको भैसकिन । त्यो ठुलो डल्लो हराइसक्यो । यस्तो देखिन्छ कि त्यो कहिले पनि त्यहाँ थिएन । यो त एक जादु हो !”

———————-

हेनरी क्युरोलाई हेर्दै निहुरिनुभयो । “मलाई लाग्छ, एक मार्सियन जादु । धन्यवाद क्याप्टेन क्युरो । के तिमी हामी संगै बस्छेउ ?”

क्युरो कहिले पनि एक्लो रहिनन ।

समाप्त

Visit Us On FacebookVisit Us On LinkedinVisit Us On YoutubeVisit Us On PinterestVisit Us On TwitterVisit Us On Google PlusVisit Us On InstagramCheck Our Feed